काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।
यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।
घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।
मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।
छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। उक्त काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।
झडपका क्रममा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए। ‘नो केबलकार’ समूहका चार जना घाइते भएका थिए। जसमध्ये दुई जनालाई गोलीसमेत लागेको थियो। उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’