पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।
नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो । महानगरले नगर क्षेत्रमा आफ्नो अनुमति विना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमतिरसिफारिसरसहमति नदिन समेत ट्रस्टलाई अनुरोध गरेको छ ।
साथै नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले कोटीहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।
महानगर क्षेत्रभित्र धार्मिकरसांस्कृतिक लगायतका अन्य कार्यक्रमहरू आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्थारव्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्धार प्रणाली मार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालयहरू, शाखारमहाशाखाहरूलाई निर्देशन समेत दिइएको छ ।
सम्बन्धित खबर
मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
फेवाताल सीमाभित्रका संरचनामा बिहानै डोजर चल्यो, स्थानीय चक्काजाममा उत्रिए [भिडियो]
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित