पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।
च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको रामघाटले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिप कार्की, उत्कृष्ट डिफेन्डरका रुपमा गन्नी एफसीकै हेमन्त तामाङ ट्रफिसहित नगद रु ७ हजारसहित पुरस्कृत बने ।
यस्तै उदीयमान खेलाडीका रुपमा छोरी सुशानका अंकित गुरुङ, सर्वाधिक गोलकर्ताका रुपमा बिगसिटी क्याफे लेकसाइडका आयुष थापा (६ गोल) नगद रु ७ हजारसहित ट्रफिसहित पुरस्कृत भए । अनुशासित टिमको अवार्डबाट नगद रु ९ हजारसहित केआइइसी बुन एफसीलाई पुरस्कृत गरिएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिए ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका उद्यमी किरण केसी, पुरस्कारदाताहरु, आयोजक संस्थाका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत संस्करणको उपाधि भने लामागाउँ गुम्बाले जितेको थियो ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?