काठमाडौँ । २ अर्ब भन्दा बढी रकम बराबरको अवैध अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश गोरखपुर स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका २ बस्ने वर्ष २२ को एमडि आरिफ हुसेन, वर्ष २५ को अविसेक मदेसिया, भारत उत्तर प्रदेश फत्तेपुर स्थायी घर भई हाल काठमाडौँ सोही ठाउँ बस्ने वर्ष ४२ को अब्दुल कलाम, वर्ष ४० को ईरफान पठान रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौँ बुढानिलकण्ठ नगरपालिका २ तौलुङ स्थित घर भाडामा लिई विभिन्न अवैध अनलाइन गेमिङ वेवसाईटहरुको प्रयोग गर्दै अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गर्दै आएका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा मातहत प्रहरी वृत महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठ समेतबाट खटिएको प्रहरी टोलिले यही फागुन ५ गते बेलुका अनलाइन जुवा (सट्टाबाजी) खेलाईरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनिका ल्यापटप १२ थान, मोबाईल १२ थान, हिसाब गर्न प्रयोग गरिएको क्याल्कुलेटर ७ थान, हिसाब किताबको अभिलेख राखिएको लुज पाना १३३ र डायरी ३ थानसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु