काठमाडौँ । ९ दिनअघि नारायणगढबाट काठमाडौँतर्फ आउने क्रममा मोटरसाइकल दुर्घटनामा परि त्रिशुलीमा बेपत्ता भएका रोहित रानाको शव भेटिएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ कालिखोलामा तैरिरहेको अवस्थामा फेला परेको शव उनैको भएको पुष्टि भएको हो ।
उक्त शव निकालेर हेर्दा रोहितकै भएको उनका परिवारले पुष्टि गरेको चितवन प्रहरीले जनाएको छ । ‘‘शव भेटिएकै ठाउँमा उनका बाबु अशोक रानासहित पुगेर हेर्दा उनले सो शव आफ्नै छोरोको भएको बताएका छन् ।’’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।
त्यस्तै फेला परेको शवको पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
गत फागुन २ गते करिब ११ बजेको समयमा नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो । बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल दुर्घटना हुँदा लमजुङका २७ वर्षीय रोहित राना बेपत्ता भएका थिए । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरको सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेका थिए ।
चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भएपनि फेला पर्न सकेको थिएन ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्