बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा

पदोन्नति

बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा

बालरोग विषयका प्राध्यापक तथा नेपाल सरकारको एघारौं तह प्रथम श्रेणी अधिकृत हासिल

dr. rc

बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला बढुवा भएका छन् ।

नेपाल स्वास्थ्य सेवा अन्तर्गत पेडियाट्रिक्स/पेडियाट्रिक मेडिसिन समूहमा प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पद, एघारौं तहमा उनी बढुवा भएका हुन् । उनी बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन पदमा सेवारत थिए ।

पोखराका अग्रणी बालरोग चिकित्सक बास्तोला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा बालरोग विभाग प्रमुखका रुपमा कार्यरत छन् । पोखराकै ओम हस्पिटल र पद्य नर्सिङ होममा पनि उनले जाँच गर्दै आएका छन् ।

बालरोग विषयका प्राध्यापक तथा नेपाल सरकारको प्रथम श्रेणी अधिकृत हासिल गर्न सफल भएको यस ऐतिहासिक क्षणमा डा. बास्तोलाले आफ्ना परिवार, गुरुजन, मित्रहरु तथा बिरामी बालबालिकाका अभिभावकलाई स्मरण गरेका छन् ।

डा. बास्तोलाले भने – ‘सबै शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले सधैं मलाई प्रेरणा दिए। साथै, जसले मलाई साथ नदिएका थिए, जसले डाहा वा ईष्र्या गरे, तिनीहरूकै व्यवहारले पनि मलाई अझ मेहनत गर्न र सफलता प्राप्त गर्न थप ऊर्जा दियो। सधैं तपाईंहरू प्रति ऋणी रहनेछु र आउँदा दिनहरुमा अझ सशक्त भई असल मानव हुन लागिपर्नेछु ।’

लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पडियाट्रिक मेडिसिन उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पदमा जम्मा एक जना माग गरेकोमा डा. बास्तोलाले एक नम्बरमै नाम निकाल्न सफल भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds