मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ अदुवाबारीमा चोर भन्दै बाबुआमाले प्रतिकार गर्दा छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए । त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए ।
मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेका थिए । प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार छोराका कुटाइबाट बाबुको करङ र हातको औंला भाँचिएको छ । आमाको पनि हात भाँचिएको छ ।
मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौँ पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण