पहिलो पाइला नेपाल पोखराले स्याङ्जामा शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
यहाँको आँधीखोला गाउँपालिका – २ चिलाउनेबास आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई झोलामा एक दर्जन कपि, एक प्याकेट पेन्सिल, पेन्सिल कलर, टिफ्फिन बक्स, पानीको बोत्तल, ज्योमेट्री बक्स, नेलकटर, साबुन, टुथब्रस, कोलगेट, रुमाल लगायतका सामाग्री राखिएको थियो ।
परिवर्तनको प्रसव पीडामा परेर छट्पटाइरहेका यहाँका विद्यार्थीहरुलाई केही हदसम्म सहज होस् भनी शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष केनुका थापाले बताइन् । यो सानो सहयोगले विद्यार्थीलाई पढ्ने वातावरणमा थप सहजता मिल्ने थापाको विश्वास छ ।
कपि र कलम लिएर भावी भविष्य कोर्न लागेका कलिला हातहरुमा थोरै सहयोग, धेरै माया र ठूलो आशाले सानो प्रयासका साथ शैक्षिक सामाग्री वितरण गर्न पाउँदा खुसी लागेको अध्यक्ष थापाले बताइन् ।
कार्यक्रममा सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउँदै केन्द्रिय समिति सदस्य तथा स्याङ्जा शाखाका संस्थापक अध्यक्ष स्मृति काफ्लेले यस अभियान मार्फत विद्यार्थीहरु पनि पढाईमा थप जागरुक हुने विश्वास लिएको बताइन् । उनले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले किशोर अवस्था पार गर्दै गरेका टिमका सदस्यहरुले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताए ।
अध्यक्ष पौडेलले कालो बादलका बीचमा चाँदीको घेरा भनेजस्तै पोखराको उक्त टिमले आफ्नो सानो प्रयासले विद्यार्थीहरुमा ठूलो आशा जगाएकोमा धन्यवाद व्यक्त गरेका थिए । यो अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै अध्यक्ष पौडेलले यस्ता कार्यक्रममा पालिका हरबखत हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
विद्यालयमा नै आएर शैक्षिक सामाग्रीहरु दिइँदा विद्यार्थीहरु निकै खुसी भएका छन् । पहिलो पाइला नेपाल पोखरा शाखाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह