पोखरा । नेपाल प्रदूषित हावा हुने देशहरूको सूचीमा सातौं नम्बरमा परेको छ ।
विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा परेको हो । यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो ।
आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २ दशमलव ५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यो मात्रा सन् २०२३ मा ४२ दशमलव ४ माइक्रोग्राम र सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । यो स्वस्थ हावाको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।
आईक्यू एअरले सन् २०२४ मा विश्वका १ सय ३८ देशको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने धूलोको कणको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । धेरै प्रदूषण रहेका देशको सूचीको पहिलो नम्बरमा अफ्रिकी देश चाड परेको छ । यस्तै दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो र पाँचौंमा भारत परेका छन् ।
यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ देश तथा क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ३ दशमलव २५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ । सफा हावा भएका देश तथा क्षेत्रमा बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायत छन् ।
प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु