पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ ।
मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि र्आिर्थक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । ’निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो,’ उनले भने, ’कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।’
मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।
यस्तो औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ ।
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।
महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।
मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्मा आक्रामक बने प्रतिपक्षी दल
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
‘प्रधानमन्त्रीले सदन छल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत’
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर