अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस हिजो बेलुकी शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।
बस ओरालोमा सडकबाट तल खसेको थियो । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित खबर
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
गुण्डुमा ओलीले भने– ‘लोभीपापी’ले पार्टी फुटाउन सक्छन्
दुई मन्त्रीलाई अँगालो मारेकाे फाेटाे सार्वजनिक गर्दै बालेनले लेखे– देश बनाउने टोली
कार्यालय समयमा फेसबुक चलाउन कर्मचारीलाई निषेध
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार