कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दुर्लभ र अपवाद जस्तै छ ।
पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले कौसी खेतीका लागि तालिम कार्यक्रम सञ्चालन गरेको छ । वडा भित्रका महिलालाई आयआर्जनमा जोड्न तालीम दिइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
उनका अनुसार यो तालिमको उद्देश्य महिलाहरुलाई आर्थिक रूपले सशक्त बनाउन र घरै बसेर आय आर्जन गर्ने अवसर प्रदान गर्नु हो । ‘मेहनतसाथ उत्पादन गरेको तरकारी खान पाउँदा आनन्द आउँछ’ – वडाध्यक्ष बास्तोलाले भने – ‘तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।’
तालिममा अर्गानिक तराकारी खेतीको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
शहरमा बढ्दै गएको कौसी खेतीको रूचीलाई देखेर होला पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले बिउ र मल निःशुल्क वितरण गरेको छ ।
कौसी खेतीलाई बढावा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो