पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।
बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ भने बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
यसैबीच, बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज बुधबार शोक बिदा दिएको छ ।
सांसद बोहोराको निधनले राष्ट्रप्रति समर्पित एक जनप्रतिनिधि गुमाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नगरपालिकाले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।
शोक बिदाका दिन सिद्धार्थनगर नगरपालिका मातहतका वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने नगर प्रमुख इश्तियाक अहमद खाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयमा सञ्चालन भइरहेको पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू भने सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।
सांसद बोहोराको निधनमा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव समेत पारित भएको छ ।
काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा सांसद बोहोराको मंगलबार निधन भएको थियो ।
बोहोरा रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने