स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले कफी उत्पादक कृषकलाई नगद अनुदान दिने भएको छ । पालिकाले कफी कृषकलाई प्रति केजी १५ रुपैयाँको दरले अनुदान दिने भएको हो ।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले अनुदान उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए । उनले कृषकलाई व्यावसायिक कफी उत्पादनमा अग्रसर गराउन तथा आर्थिक राहत प्रदान गर्न अनुदान दिन लागिएको बताए । यस्तै, पालिकाले कफी संकलन गर्ने व्यवसायी/ संकलकलाई प्रति केजी दुई रुपैयाँ अनुदान रकम दिने जनाएको छ ।
गाउँपालिकामा बर्सेनि ११ टनभन्दा बढी कफी उत्पादन हुने गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले यहाँ कफीको राम्रो सम्भावना भएकाले कृषकलाई व्यावसायिक बनाउन एवं कफी खेतीतर्फ प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन लागिएको बताए ।
अनुदान प्राप्त गर्न इच्छुक कृषकहरूले आवश्यक कागजातहरुसहित बैशाख ४ गतेभित्र आवेदन दिन भनिएको छ । निवेदन दिनका लागि वडा कार्यालयको सिफारिस पत्र, कृषि सहकारी संस्थाको दर्ता प्रमाणपत्र, पान दता र कर चुक्ताको प्रतिलिपी अनिवार्य पेस गर्नुपर्नेछ ।
कृषकहरुले निवेदनका साथ कृषि सहकारी संस्थाले उत्पादनमा आधारित कार्यक्रम सहयोगको निर्णय प्रतिलिपी पनि सङ्लग्न गर्नुपर्नेछ ।
अनुदानले आगामी दिनमा कफी उत्पादन वृद्धि गर्न सहयोग गर्ने विश्वास पालिकाको रहेको छ । गाउँपालिकाले कृषकलाई आवश्यक सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?