पोखरा महानगरपालिका–२५ हेम्जा आलु खेतीका लागि प्रसिद्ध छ । हेम्जाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
‘सुन्दर ठाउँ हेम्जा आलु खेतीका लागि प्रसिद्ध छ जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णु पादुका क्लबको आयोजनामा अहिले हेम्जामा १३औँ संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव चलिरहेको छ ।

हेम्जामा आलु खेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टीकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ विगत १३ वर्ष यता लगातार आलु महोत्सव गर्दै आइएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
किसनले कार्तिकमा लगाएर चैत्रसम्म आलु भित्राउने गरेको हेम्जाका कृषक जयराम तिमिल्सिनाले बताए । उनकाअनुसार हेम्जामा हिउँदे आलुको मात्रै खेती गरिन्छ । सहज बाटो र यातायातको पहुँच भएकाले हेम्जाको आलु बजार पुग्न सजिलो भएको तिमिल्सिनाले सुनाए ।
महोत्सव स्थलमा अहिले ४० क्विन्टल आलु राखिएको छ । महोत्सव अवधिभर आलु प्रतिकेजी ४२ रुपैयाँमा किन्न सकिन्छ । महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो