काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।
गत चैत २२ गते राति साढे ७ बजे काठमाडौँस्थित निवासबाटै प्रहरीले पक्राउ गर्ने क्रममा लामिछानेको मानव अधिकार उल्लंघन गरेको भन्दै रास्वपाले बुधबार आयोगमा निवेदन दिएको हो ।
बुधबार दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहितको टोलीले आयोगमा पुगेर लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले कानूनी प्रक्रिया पूरा नगरेको र ज्यादती गरेको आरोप लगाएका छन्।
‘प्रहरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट जारी आदेशको प्रति नआउँदै लामिछानेको वैयक्ति अधिकारको रुपमा चीरणहरण गर्ने काम गरेको छ’, उनले भने, ‘आदेश कार्यान्वयन गर्ने अदालतको पत्र नै नआएको अवस्थामा प्रहरी शयन कक्षमै पुगी अनावश्यक धरपकड गरेको थियो ।’
प्रहरीको उक्त कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएकाले कारबाही माग गरिएको बुर्लाकोटीले बताए ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति प्रक्रिया पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।
भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने