काठमाडौं । नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गरी शैक्षिक आन्दोलन उत्कर्षमा पुगेकाले विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न विद्यालय बन्द गरी आन्दोलनमा आउन आह्वान गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाल शिक्षक महासङ्घको आयोजनामा भइरहेको काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’
महासंघले आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।
यस्तै, यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कुनै पनि हिसाबमा संलग्न नहुन समेत महासंघले अनुरोध गरेको छ ।


सम्बन्धित खबर
ओली र देउवाबीच भेटघाटः गभर्नर सिफारिस बैठक ४ बजे, मन्त्रिपरिषद् ५ बजे
अफ्रिकन स्वाइन फिभरले सुनसरीको बराहक्षेत्रमा ३६ बङ्गुर मरे
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
‘म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन’ – प्रधानमन्त्री पत्नी शाक्य
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार