कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

egg

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ ।

सङ्घको शनिबार सम्पन्न बैठकले आजदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’ को चार सय ५० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको पाँच सय २५ रुपैयाँसम्म पुगेको थियो तर पछि घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । सङ्घका अनुसार गर्मीमा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढाउनुपरेको हो ।

अहिले दैनिक झन्डै ३० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ