काठमाडौँ । कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी ५० वर्षीया एक महिला भारतमा पक्राउ परेकी छन्।
प्रहरी कष्टडीबाट फरार ५० वर्षीया मिना शाही दमाइ भारतमा पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ। मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएका बेला आइतबार दिउँसो शाही भागेकी थिइन्।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याइएकी मिना फरार भएकी थिइन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ।
शाही हत्कडीसहित अभियुक्त भागेको घटनामा दुई जना प्रहरी कारबाहीमा परेका छन्। अभियुक्तलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरी सहायक हवल्दार चक्र प्रसाद अधिकारी र प्रहरी जवान लोकराज जोशी कारबाहीमा परेका हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने