स्रोत नखुलेको ९५ लाखसहित ४ जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित ४ जना पक्राउ

pakrau file pic

काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकबाट पक्राउ गरिएको हो।

आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।

चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ