पोखरा । भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।
अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ ।
आक्रमणका कारण उत्तरी भारतको हवाई उडानहरु प्रभावित भएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाको आक्रमणबाट पनि तीन भारतीय नागरिकको मृत्यु भएको छ ।
कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
उडानहरू रद्द
पाकिस्तानमाथि भारतको आक्रमणपछि देशभरका हवाई उडानहरूमा असर परेको छ । भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाबीच पाकिस्तानको आकाशमा एउटा पनि जहाज उडेका छैनन् ।
यस्तै, भारतले पनि बढ्दो तनावका कारण पाकिस्तान सीमासँग जोडिएका राज्यहरूमा उडानहरू रद्द गरेको छ । जसमा जम्मु–कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, गुजरात र राजस्थान छन् ।
विद्यालय बन्द
भारतस्थित पञ्जाबको पठानकोट, गुरदासपुर, फाजिल्का र फिरोजपुर जिल्लामा सुरक्षाका कारणले सबै विद्यालयहरू बन्द गरिएका छन् ।
फाजिल्का जिल्ला प्रशासनले विशेष आदेश जारी गर्दै सबै विद्यालयहरू अर्को आदेश नआएसम्म बन्द रहने जनाएको छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको छ ।
यही आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप खस्किएको छ । भारत–प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहँदा हजारौंले ज्यान गुमाएका छन् । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन