पोखरा । भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।
अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ ।
आक्रमणका कारण उत्तरी भारतको हवाई उडानहरु प्रभावित भएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाको आक्रमणबाट पनि तीन भारतीय नागरिकको मृत्यु भएको छ ।
कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
उडानहरू रद्द
पाकिस्तानमाथि भारतको आक्रमणपछि देशभरका हवाई उडानहरूमा असर परेको छ । भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाबीच पाकिस्तानको आकाशमा एउटा पनि जहाज उडेका छैनन् ।
यस्तै, भारतले पनि बढ्दो तनावका कारण पाकिस्तान सीमासँग जोडिएका राज्यहरूमा उडानहरू रद्द गरेको छ । जसमा जम्मु–कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, गुजरात र राजस्थान छन् ।
विद्यालय बन्द
भारतस्थित पञ्जाबको पठानकोट, गुरदासपुर, फाजिल्का र फिरोजपुर जिल्लामा सुरक्षाका कारणले सबै विद्यालयहरू बन्द गरिएका छन् ।
फाजिल्का जिल्ला प्रशासनले विशेष आदेश जारी गर्दै सबै विद्यालयहरू अर्को आदेश नआएसम्म बन्द रहने जनाएको छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको छ ।
यही आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप खस्किएको छ । भारत–प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहँदा हजारौंले ज्यान गुमाएका छन् । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् ।
सम्बन्धित खबर
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, लण्डन उडेको जहाजमा २४२ सवार
अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या
अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग