पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

Supreme_Court_sarbochcha_adalat_sarbocha1

पोखरा । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो ।

पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैत ७ गते यामबहादुर लिम्बु लगायतले दायर गरेको रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

क्त आदेशपछि चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले काफ्लेपाटीमा थालेको तल्लो स्टेशन निर्माण रोकेको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।

यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि बढेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ