हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते

हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते

asinaa

बैतडी । सोमबार बेलुका आएको हावाहुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । विभिन्न ठाउँमा भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

हुरीले सिँगास गाउँपालिका– २ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार सिँगास– ५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका– ८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मरेको प्रहरीले जनाएको छ ।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका– ६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो ।

असिनापानीले फलफूल र तरकारीमासमेत क्षति पुगेको छ । हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ