चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

chatyang photo

डोटी । डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ । एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।

पूर्वीचौकी गाउँपालिका– २ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ