पोखरा । देशका केही स्थानमा आज शुक्रबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)