काठमाडौं । पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् ।
“पढाइको भविष्यः किताब कि बाइट्स? (Books or Bytes: the Future of Learning) विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर स्कुल जावलाखेलका रितेश देवले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरूलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य उत्कृष्ट वक्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो । उनीहरुले क्रमश नगद तीस हजार, बीस हजार प्राप्त गरेका छन् ।
दुतावासले “कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य” विषयक १२ औं निवन्ध प्रतियोगिता पनि सम्पन्न गरेको थियो । निवन्ध प्रतियोगितामा विवेक निकेतन सेकेन्डरी स्कुलल काठमाडौंका प्रतिक पोखरेल प्रथम, सोही विद्यालयका आयुष शाह दोस्रो र सेन्ट जोसेफ इलिंस एकेडेमीका सन्जोक मगरले तेस्रो स्थान हासिल गरि स्वर्ण रजत र कास्य पदक सहित नगद पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य उत्कृष्ट १० लाइ पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुई सातासम्म चरणबद्ध रूपमा सञ्चालन भई बुधबार एक विशेष समारोहबीच समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेसी आयोग नेपालका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तलेपाकिस्तानको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध बलियो बनाउन योगदान पुर्याउने बताए ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्दुल्ला हारुन अल हाश्मीले युवा विद्यार्थीहरूमा समसामयिक विषयमा चिन्तन गर्ने क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरे । विगत १२ वर्ष र ८ वर्ष देखि संचालित यस्ता प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएको उनको भनाइ थियो । देशभरका विद्यालय तथा विश्वविद्यालयबाट सहभागिता जनाउँदै आएका विद्यार्थीहरूद्वारा यस्ता प्रतिस्पर्धाले दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा