सप्तरीमा डाँका समूहको गोली लागेर एक जनाको मृत्यु, एक घाइते

सप्तरीमा डाँका समूहको गोली लागेर एक जनाको मृत्यु, एक घाइते

नगद र गहना लुटपाट

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सप्तरी । सप्तरीमा डाँका समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।

शनिबार राति करिब १ बजे ४–५ जनाको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।

लुटपाटको प्रतिकार गर्दा घर धनी चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ ।

डाँका समूहले सो घरबाट पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ