एभरग्रीनका बालबालिकाले मनाए वातावरण दिवस

अतिरिक्त क्रियाकलाप

एभरग्रीनका बालबालिकाले मनाए वातावरण दिवस

Evergreen Environment day

पोखरा–३ तेर्सापट्टिस्थित एभरग्रीन एकेडेमी (ईजीए) का बालबालिकाले विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

विद्यालयका अनुसार यो दिवस हाम्रो ग्रहको संरक्षणका लागि चेतना जगाउन र कदम चाल्न समर्पित एक विशेष दिन रहेकाले साना साना बालबालिकालाई पनि यसको बारेमा जानकारी हुनुपर्ने हुँदा दिवस मनाइएको हो ।

विद्यालयले भनेको छ – ‘हामी विश्वास गर्छौं कि साना कदमहरूले ठूला परिवर्तनहरू ल्याउँछन्। हामी हाम्रो वातावरणको संरक्षण गर्न र भविष्यका पुस्ताहरूका लागि दिगो भविष्य सुनिश्चित गर्न एकसाथ प्रयास जारी राख्नुपर्छ ।’

हरियाली भविष्यको लागि बीउ रोपौँ भन्दै एकेडेमीले बालबालिकालाई ‘पृथ्वीलाई माया गर्न, सम्मान गर्न र संरक्षण गर्न सिकाउँ — एक सानो कार्यबाट सुरुवात गरौँ’ मूल मन्त्रका साथ विद्यालयमै बोटविरुवामा पानी हाल्न लगाएको, सरसफाईका विधि सिकाएको, प्रांगणका फोहोर संकलन गरेको जनाएको छ ।

सम्बन्धित समाचारः

पोखरामा प्रतिभा एजुकेशनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रीन एकेडेमी’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ