हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु

हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु

Hewa-Khola

पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु भएको छ।

शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।

उक्त घटनामा ६ जना कामदार घाइते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ