निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या

निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या

Hatyaa

सांकेतिक तस्विर

अर्घाखाँची । अर्घाखाँचीमा एक महिलाले दाउले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छिन्।

जिल्लाको छत्रदेव गाउँपालिका ३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले शनिबार राति करिब १ बजे सुतिरहेका आफ्ना ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार शनिबार साँझ श्रीमान श्रीमतीबीच सामान्य घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको मौका छोपी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले मेखमायालाई हत्यामा प्रयोग भएको दाउसहित आइतबार बिहान घटनास्थलबाटै पक्राउ गरेको छ। पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ