काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका तीन फरार प्रतिवादीहरू पक्राउ परेका छन्।
१६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया मुना खातुन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १० भंगाल बसोबास गर्दै आएकी मुनालाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो ।
यस्तै, ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दाका फरार प्रतिवादी ३८ वर्षीय भारतीय नागरिक मोहमद अलिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कोलकत्ता, रोड नं. २० भइ हाल काठमाडौंको बुढानिलकण्ठ–कपनमा बसोबास गर्दै आएका थिए।
यसैगरी, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी ६५ वर्षीया अर्जुन थापा पनि पक्राउ परेका छन् ।
सर्लाहीको ईश्वरापुर नगरपालिका– ९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीमा बस्दै आएका थिए।
उनीहरुलाई जेठ ३० गते काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२ औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा