काठमाडौं । काठमाडौं प्रहरीले लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका १४ कुलेश्वर स्थित फलफूलबजार नजिकै शङ्कास्पद अवस्थामा रोकी राखेको UP७८CB९८३५ नम्बर प्लेट भएको भारतीय SANTRO कारलाई चेकजाँच गर्ने क्रममा गाडीको ढोकामा र डिक्कीमा खालि सिलिन्डर भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथबाट ट्रमाडोल ८२९० फायल गरी जम्मा ८२ हजार ९०० क्याप्सुल, विभिन्न कम्पनीको मोबाइल २ थान, अक्सिजन सिलिन्डर १ थान, UP७८CB९८३५नम्बर प्लेट भएको भारतीय SANTRO कार १ थान र नगद ६५ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राजु मिजार विरुद्ध यसअघि पनि २ पटकसम्म लागु औषध कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको छ ।
पक्राउ परेका उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा