हुम्लाको सर्केगाडमा आगलागी, ८ घर जलेर नष्ट

हुम्लाको सर्केगाडमा आगलागी, ८ घर जलेर नष्ट

fire aago aaglagi

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानी गाउँमा आगलागी हुँदा आठ वटा घर जलेको छ ।

राति साढे १२ बजे भएको आगलागीमा आठ वटा घर जलेर नष्ट भएको वडाध्यक्ष अकिल कार्कीले जानकारी दिए ।

आगलागीबाट सर्केगाड गाउँपालिका ३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ का धनबहादुर रावतको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगलागीका कारण घरमा भएका अन्नपात, लत्ताकपडा लगायत सबै जलेर खरानी भएका छन् ।

मानिस र गाइवस्तु भने केही समयदेखि लेकमा रहेका कारण मानवीय र पशुचौपायाको क्षति भएको छैन । आगलागीको कारण खुल्न बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ