१ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

१ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

arrest gold

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मिना सुर्जित सिं खेमानी मंगलबार राति पक्राउ परेकी हुन् ।

उनी एयर अरेवियाको उडानबाट काठमाडौं आएकी हुन्। प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकर्ले याप गरेको ३ वटा डल्लाको सुनजस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ