देवरले गरे भाउजूको हत्या

देवरले गरे भाउजूको हत्या

mahila hatyaa

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका– १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स हत्या गरिएको छ।

बिहीबार बिहीबार दिउँसो सवा २ बजेतिर छमेकी देवर नाता पर्ने स्थानीय ३५ वर्षीय विमलमान गोपालीले ५५ वर्षीया भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घटनापछि विमलमान आफैं हतियारसहित अपराह्न ०३ः४० बजे इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ ।

प्रहरीले विमलमानलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ