पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । दुवै प्रतियोगितामा गोरखाको वल्ड क्यापिटल स्कुलका विद्यार्थी प्रथम भएका छन् ।
हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले भाग लिएका थिए ।
हाजिरीजवाफमा गोरखाको वल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको टिम प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाए । त्यस्तै, पोखराको भास्कर मेमोरियल स्कुलकी अदिती पौडेल र कृति पाण्डे तथा वेष्ट प्वाइन्टका सम्देश तिवारीको टिम दोश्रो हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाएका छन् ।
अमरसिंह नमूना माविका उत्सव पौडेल, सपना यादव र अनिष बमजनको टोली तेश्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाए । पोखराको गण्डकी बोर्डिङ स्कूलका अमन पाण्डे, विष्णुप्रसाद पहारी र शिशु निकेतनका अविनाश पौडेलको टिम चौथो भएर ५ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र हात पारे ।

‘विद्यार्थीमा अध्ययनको शिलशिलालाई निरन्तरता दिलाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । परीक्षा सकेपछि पनि विद्यार्थीलाई अध्ययनमा सक्रिय राख्न यस्ता गतिविधि सहयोगी हुन्छन,’ सुवेदीले भने ।
त्यस्तै विद्यालयमा शनिबार नै वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगिता संयोजक डा. बोधराज ढकालका अनुसार ‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ शीर्षकमा विद्यार्थीले विचार व्यक्त गरेका थिए । वक्तृत्वकलाका निर्णायकमा जिवनसागर भण्डारी, कमल कोइराला र डोलराज अर्याल थिए ।
ढकालका अनुसार प्रतियोगितामा गोरखाको वल्ड क्यापिटल स्कुलकी प्रसिद्धिका अर्याल प्रथम हुँदै ७ हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पाइन । त्यस्तै लमजुङको कुशुमाकर माविका सचित घिमिरे दोश्रो हुँदै ५ हजार भए ।

पोखराको बालोदय बोर्डिङ स्कुलकी एलिशा भुषाल तेश्रो हुँदै ३ हजार रुपैयाँ र स्याङजाको चण्डिका माविकी दिक्षा क्षेत्रीले सान्त्वना पुरस्कार स्वरुप एकहजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा २१ जना विद्यार्थी सहभागि थिए । ‘विद्यार्थीले लुकेको क्षमता देखाउने अवसर वक्तृत्वकलामार्फत पाएका छन,’ ढकालले भने, ‘आफ्नो पहिचान फराकिलो बनाउने यो अवसर पनि हो ।’
विद्यालयले संचालन गरेको ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत शनिबार हाजिरीजवाफ र वक्तृत्वकला आयोजना गरिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले असार १ देखि फेयर सुरु गरेको हो ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीलाई अध्ययनमा जोडिराख्नका लागि हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बताए । ‘एसइइ दिएपछि विद्यार्थी निष्कृय भएर बस्ने गर्छन । विद्यार्थीलाई निष्कृय हुन नदिनका लागि हामीले शैक्षिक गतिविधिसँग जोड्नेगरि रचनात्मक कार्यक्रम आयोजना गरेका हौ,’ उनले भने, ‘रचनात्मक कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउने अवसर दिलाउँछ । विद्यार्थीमा फरक क्षमता पहिचान गर्नका लागि पनि यस्ता शैक्षिक गतिविधि आवश्यक छ ।’
विद्यालयले एकसातादेखि फेयरका विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघि विभिन्न्न खेलकुदका कार्यक्रम आयोजना गरेको थियो । असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि तथा शनिबार हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएकोे प्राचार्य सापकोटाले जानकारी दिए ।

विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम आयोजना गरेको थियो । प्राचार्य सापकोटाका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिनेछ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’