पोखरा । पोखरा महानगरपालिका वडा नं. १ को आयोजना, शहरी स्वास्थ्य केन्द्र बगरको व्यवस्थापन र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिविर गरिएको छ ।
शनिबार बगर टुँडिखेलमा भएको शिविरमा १ सय २० जना पुरुष, १ सय ८७ जना महिला गरी कुल २ सय ९९ जनाको आँखा परीक्षण गरियो । परीक्षणपछि आवश्यकताअनुसार बिरामीहरुलाई औषधि वितरण गरिनुका साथै १ सय १५ जनालाई चश्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ६ जना बिरामीमा मोतिबिन्दु देखा परेपछि शल्यक्रियाका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको छ ।
शिविरको उद्घाटन वडाध्यक्ष शाहारा प्रधानले गरे । उनले वडावासी नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक हकको सम्मान गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न वडा कार्यालय निरन्तर लागिरहेको बताए ।
कार्यक्रमको अध्यक्षता वडा सदस्य एवम् शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति उपाध्यक्ष शोभा गुरुङले गरेकी थिइन् । शिविरमा वडा सदस्यहरु जुकमाया परियार, जुमकाजी गुरुङ र रामजी पौडेल, विभिन्न टोल विकास संस्था, आमा समूहका अध्यक्ष तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता थियो ।
शिविरको सञ्चालन पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नसर्ने रोग फोकल पर्सन हरिलाल आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?