पोखरा । पोखरा महानगरपालिका वडा नं. १ को आयोजना, शहरी स्वास्थ्य केन्द्र बगरको व्यवस्थापन र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिविर गरिएको छ ।
शनिबार बगर टुँडिखेलमा भएको शिविरमा १ सय २० जना पुरुष, १ सय ८७ जना महिला गरी कुल २ सय ९९ जनाको आँखा परीक्षण गरियो । परीक्षणपछि आवश्यकताअनुसार बिरामीहरुलाई औषधि वितरण गरिनुका साथै १ सय १५ जनालाई चश्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ६ जना बिरामीमा मोतिबिन्दु देखा परेपछि शल्यक्रियाका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको छ ।
शिविरको उद्घाटन वडाध्यक्ष शाहारा प्रधानले गरे । उनले वडावासी नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक हकको सम्मान गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न वडा कार्यालय निरन्तर लागिरहेको बताए ।
कार्यक्रमको अध्यक्षता वडा सदस्य एवम् शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति उपाध्यक्ष शोभा गुरुङले गरेकी थिइन् । शिविरमा वडा सदस्यहरु जुकमाया परियार, जुमकाजी गुरुङ र रामजी पौडेल, विभिन्न टोल विकास संस्था, आमा समूहका अध्यक्ष तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता थियो ।
शिविरको सञ्चालन पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नसर्ने रोग फोकल पर्सन हरिलाल आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो