स्रोत नखुलेको २८ लाख २८ हजारसहित ३ जना पक्राउ

स्रोत नखुलेको २८ लाख २८ हजारसहित ३ जना पक्राउ

laguaushad_pakrau1

पर्सा । स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको रकमसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका– २ का अनिल वर्णवा, वीरगञ्ज महानगर– ३ आदर्शनगरका विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनार रहेका छन् ।

हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले अनिलको साथबाट रु. ९ लाख ४७ हजार र विनितकुमारको साथबाट रु. १५ लाख ८१ हजार रुपैयाँ र दीपककुमारको साथबाट रु. तीन लाख बरामद गरेको छ ।

अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ