काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूले २०६७/२०६८ मा डोल्पाको साविक दुनै गाविस वडा–२ र ३ अर्थात हालको ठूलोभेरी नगरपालिका–४ स्थित काल्पनिक दुर्गा प्राथिमक विद्यालय खडागरी भवन निर्माणका नाममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार चार जनाको मिलेमतोमा दुई कोठे भवन बनाएको भनी झूटा कागजात तयार पारी ७ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन गरेको देखिएको छ।
शान्ति तथा पुननिर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेको अनुसन्धानमा पत्ता लागेको अख्तियारको भनाइ छ।
सो विषयमा उजुरी परेपछि अख्तियारले स्थलगतरूपमा अनुसन्धान गरेको थियो।
उनीहरू चारै जनाविरूद्ध ७ लाख ६० हजार रूपैयाँ बिगो माग दाबी गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।
सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा