डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

jajarkot-kutpit

जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ।

उनीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नै भएका छन्। आइतबार कार्यकक्षमा उनीमाथि तीन जनाको समूहले कुटपिट गरेका हुन्।

शाहले आफू फिल्डको काम सकेर कार्यालय फर्कंदा आफ्नो कार्यक्षमा तीन व्यक्तिहरू बसिरहेको र उनीहरूले आफूमाथि कुटपिट गरेको बताएका छन्।

ढाड र अनुहारमा मुक्का प्रहार भएको उनले बताएका छन्। आक्रमणपछि ती युवाहरू त्यहाँबाट फरार भएका थिए।

आक्रमणकारीको पहिचान भइनसके पनि सिसिटिभी फुटेजको सहायताले छानबिन अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ