काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधि तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् ।
विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।
औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।
यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् ।
यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।
संहिताअन्र्तगतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।
यसले नेपाली आर्युर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।
हाल एलोप्याथिक औषधीले यस्तो प्रमाण पाए पनि परम्परागत औषधीले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् । अब यो समस्या हट्नेछ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण