स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका –६ भण्डारखोलास्थित खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षपछि मर्मत सम्भार भई अस्पताल जस्तै सुन्दर र सुविधासम्पन्न बनेको छ ।
विसं. २०४४ सालमा स्थापना भई २०५६ सालमा चार कोठे नयाँ भवन निर्माण भएको यो चौकी वर्षौंसम्म बेवास्ता भई जीर्ण अवस्थामा स्वास्थ्य सेवा दिन बाध्य थियो । टिनको पुरानो छाना चुहिने, पर्खाल चिरा पर्ने र रंग उडेका कारण यस स्वास्थ्य केन्द्र जोखिम मोलेर सेवा दिने थलोमा परिणत भएको थियो ।
तर, अहिले स्वास्थ्य चौकीले रूप फेरेको छ । संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट सहयोगमा भवन पहिलोपटक मर्मत गरिएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले जानकारी दिए । करिब ३३ लाख ६६ हजार रुपैयाँ खर्चमा उपभोक्ता समितिमार्फत भएको मर्मतले अब यहाँका बासिन्दाले अस्पताल जस्तै वातावरणमा सेवा पाउने भएका छन् ।
उक्त भवनमा पुराना छ वटा कोठासहित अहिले पाँच नयाँ कोठा थपिएका छन् । सबै कोठामा टायल बिछ्याइएको छ भने पुराना खिया लागेका जस्ता पाता फेरेर रंगीन जस्ताले नयाँ छाना बनाइएको छ । बिरामीहरूका लागि नयाँ प्रतीक्षालय निर्माण गरिएको छ भने कोठामा आवश्यक सिलिङ फ्यान, वाल फ्यान, र फर्निचर थप तथा मर्मत गरिएको छ ।
स्वास्थ्य चौकी प्रमुख युक्त नारायण अर्यालका अनुसार गत आर्थिक वर्षमा ७,७०० जनाले यहाँबाट सेवा लिएका थिए । अहिले यो केन्द्रमा नेपाल सरकारले तोकेका ९४ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध छन् । साथै, बर्थिङ सेन्टर, प्रयोगशाला सेवा, भिडियो एक्सरेमार्फत गर्भ जाँच, पाठेघर स्क्रिनिङ, नियमित खोप, क्षयरोग उपचार, सुरक्षित गर्भपतन सेवा जस्ता सेवा नियमित प्रदान गरिँदै आएको छ ।
समितिका अध्यक्ष लिलाप्रसाद रेग्मीका अनुसार, स्वास्थ्य चौकीमा विद्युत वाइरिङ, तारबार, प्रवेशद्वार समेत व्यवस्थित बनाइएको छ । अहिलेको अवस्थाले चौकीलाई अस्पतालसरह व्यवस्थित बनाएको छ । “हामीलाई त दशैं नै आएको जस्तो अनुभव भएको छ,” स्थानीयवासीको भनाइ छ ।
यस मर्मतले केवल चौकीको रूप मात्र बदलेको छैन, नागरिकको स्वास्थ्यप्रति राज्यको गम्भीर प्रतिबद्धता पनि झल्काएको छ । अब न जोखिम मोलेर सेवा लिइनुपर्छ, न स्वास्थ्य चौकीलाई बेवारिसे हेर्नुपर्छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’