स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ

स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ

arrest-pic7

स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले लागूऔषधसहित दुईजना युवाहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भदौ १३ गते शुक्रबार दिउँसो वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ८४५२ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।

नियन्त्रणमा परेकामध्ये कास्की पोखरा महानगरपालिका –३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा रहेका छन् । उनीहरूको साथबाट डाईजेपाम ३४ एम्पुल, नुफिन ३४ एम्पुल र फेनेरागन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुल नियन्त्रित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ