आन्दोलनका क्रममा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई कलाकारहरूले सहयोगस्वरुप कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष शंकर बिरही गुरुङ, केन्द्रीय सचिव सुवाश मल्ल, निवर्तमान केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठ, प्रदेश इन्चार्ज राजेन्द्र सापकोटा, केन्द्रीय सदस्य जीवन दाहाल, प्रदेश सचिव भुपेन बानियाँ, समाजसेवी वेद बहादुर जिसी, पर्वत अध्यक्ष दिपक गदाललगायतको उपस्थितिमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष गुरुङले सुरक्षाको अग्रपंक्तिमा खटिने प्रहरीलाई कठिन परिस्थितिमा साथ दिनु कलाकारहरूको सामाजिक दायित्व भएको बताए । भदौ २४ गते भएको जेन-जेड समूहको आन्दोलनका कारण कार्यालयमा भएका सबै उपकरण जलेर नष्ट भएपछि दैनिक कार्य सञ्चालन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले स्पष्ट पारे ।
गत आन्दोलनमा डोजरसहित प्रवेश गरेका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । यस क्रममा प्रहरीलाई कार्यालय छाड्नुपरेको थियो भने केही हतियार लुटिएको र केही पुनः फिर्ता भएको प्रहरीले जनाएको छ ।
सोही आन्दोलनमा पोखराका विभिन्न सरकारी निकाय पनि तोडफोड र आगजनीको चपेटामा परेका थिए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’