अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा अन्तर्गतको वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले एक कसुरदारलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
गत २०७७ साल साउन १७ गते वैदेशिक रोजगार सम्बन्धी मुद्दामा फैसला भई कैद र जरिवाना भुक्तान बाँकी रहेका स्याङ्जा, साविक निवुवाखर्क गाविस –३, हाल गल्याङ नगरपालिका –५ बस्ने श्याम बहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिए ।
थापालाई चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको छ ।
स्याङ्जा प्रहरीले अदालतबाट तोकिएका फैसलाहरू समयमै कार्यान्वयन गरी न्यायिक कारबाहीलाई पूर्णता दिने र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’