अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा अन्तर्गतको वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले एक कसुरदारलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
गत २०७७ साल साउन १७ गते वैदेशिक रोजगार सम्बन्धी मुद्दामा फैसला भई कैद र जरिवाना भुक्तान बाँकी रहेका स्याङ्जा, साविक निवुवाखर्क गाविस –३, हाल गल्याङ नगरपालिका –५ बस्ने श्याम बहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिए ।
थापालाई चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको छ ।
स्याङ्जा प्रहरीले अदालतबाट तोकिएका फैसलाहरू समयमै कार्यान्वयन गरी न्यायिक कारबाहीलाई पूर्णता दिने र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो