स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल

स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल

Dadhiram-Neupane-Superintendent-Police-Syangja2082

स्याङ्जा प्रहरीले पछिल्ला ६ महिनामा १२८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाय भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेमा ९६ पुरुष र ३२ महिला रहेका छन् ।

न्यौपानेका अनुसार अदालतबाट चार सय ८५ जनाको नाम फरार सूचीमा आएकोमा २६ प्रतिशतमा सफलता मिलेको हो । “फरारको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” न्यौपानेले भने ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत ६ महिनाको प्रगति सार्वजनिक गर्दै २०८२ जेठदेखि कार्तिकसम्म मुद्दा दर्ता र फर्स्यौटमा गति आएको बताएको छ । यो अवधिमा १३३ मुद्दा दर्ता हुँदा ५५ मुद्दा फर्स्यौट भएका छन् । बाँकी ७८ मुद्दा कार्यान्वयनका चरणमा छन् । चालू आर्थिक वर्षको चार महिनामा मात्रै ७१ मुद्दा दर्ता भएको छ ।

प्रहरीले करिब आधा शताब्दीअघि फरार भएका दुई प्रतिवादीसमेत नियन्त्रणमा ल्याएको छ । विसं. २०३५ सालमा सुन र रेडियो चोरी मुद्दामा फरार रहेका लालबहादुर राना मगर र गिरीप्रसाद गुरुङ ४७ वर्षपछि पक्राउ परेका हुन् । उनीहरूलाई तत्कालीन अदालतले चार हजार पाँच सय रुपैयाँ जरिवाना र डेढ महिना कैद सजाय तोकेको थियो । प्रहरीले फरार नियन्त्रणलाई निरन्तर जारी राख्ने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds