स्याङ्जा प्रहरीले पछिल्ला ६ महिनामा १२८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाय भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेमा ९६ पुरुष र ३२ महिला रहेका छन् ।
न्यौपानेका अनुसार अदालतबाट चार सय ८५ जनाको नाम फरार सूचीमा आएकोमा २६ प्रतिशतमा सफलता मिलेको हो । “फरारको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” न्यौपानेले भने ।
प्रहरीले पत्रकार सम्मेलनमार्फत ६ महिनाको प्रगति सार्वजनिक गर्दै २०८२ जेठदेखि कार्तिकसम्म मुद्दा दर्ता र फर्स्यौटमा गति आएको बताएको छ । यो अवधिमा १३३ मुद्दा दर्ता हुँदा ५५ मुद्दा फर्स्यौट भएका छन् । बाँकी ७८ मुद्दा कार्यान्वयनका चरणमा छन् । चालू आर्थिक वर्षको चार महिनामा मात्रै ७१ मुद्दा दर्ता भएको छ ।
प्रहरीले करिब आधा शताब्दीअघि फरार भएका दुई प्रतिवादीसमेत नियन्त्रणमा ल्याएको छ । विसं. २०३५ सालमा सुन र रेडियो चोरी मुद्दामा फरार रहेका लालबहादुर राना मगर र गिरीप्रसाद गुरुङ ४७ वर्षपछि पक्राउ परेका हुन् । उनीहरूलाई तत्कालीन अदालतले चार हजार पाँच सय रुपैयाँ जरिवाना र डेढ महिना कैद सजाय तोकेको थियो । प्रहरीले फरार नियन्त्रणलाई निरन्तर जारी राख्ने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो