पोखरा । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२/०८३ का लागि आयोजित एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत १५ कात्तिकमा सञ्चालन गरेको प्रवेश परीक्षाको परिणाम मंगलवार सार्वजनिक गर्दै योग्यताक्रममा परेका ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूको नामसूची प्रकाशित गरेको हो ।
देशभरका हजारौं विद्यार्थीले सहभागिता जनाएकोमा उत्कृष्ट एक सय भित्र पोखराको प्रतिभा माविका ५ जना विद्यार्थी परेका छन् ।
विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिना टप १०० मा परेको प्राचार्य किरण सापकोटाले जानकारी दिए । उनले पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गर्ने मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै शिक्षामा प्रतिभाको सुनौलो नामलाई थप चम्किलो बनाएकोमा धन्यवाद पनि व्यक्त गरेका छन् ।
प्रकाशित नतिजाअनुसार योग्यताक्रममा परेका उम्मेदवारहरू आगामी शैक्षिक सत्र २०८२/८३ का लागि विभिन्न चिकित्सा शिक्षण संस्थानमा भर्ना प्रक्रियामा सहभागी हुन पाउने छन् ।
यस वर्षको एमबीबीएस एकीकृत प्रवेश परीक्षा देशभरका परीक्षा केन्द्रहरूमा एकैपटक सञ्चालन गरिएको थियो ।
सम्बन्धित खबर
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने