पोखरा । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२/०८३ का लागि आयोजित एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत १५ कात्तिकमा सञ्चालन गरेको प्रवेश परीक्षाको परिणाम मंगलवार सार्वजनिक गर्दै योग्यताक्रममा परेका ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूको नामसूची प्रकाशित गरेको हो ।
देशभरका हजारौं विद्यार्थीले सहभागिता जनाएकोमा उत्कृष्ट एक सय भित्र पोखराको प्रतिभा माविका ५ जना विद्यार्थी परेका छन् ।
विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिना टप १०० मा परेको प्राचार्य किरण सापकोटाले जानकारी दिए । उनले पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गर्ने मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै शिक्षामा प्रतिभाको सुनौलो नामलाई थप चम्किलो बनाएकोमा धन्यवाद पनि व्यक्त गरेका छन् ।
प्रकाशित नतिजाअनुसार योग्यताक्रममा परेका उम्मेदवारहरू आगामी शैक्षिक सत्र २०८२/८३ का लागि विभिन्न चिकित्सा शिक्षण संस्थानमा भर्ना प्रक्रियामा सहभागी हुन पाउने छन् ।
यस वर्षको एमबीबीएस एकीकृत प्रवेश परीक्षा देशभरका परीक्षा केन्द्रहरूमा एकैपटक सञ्चालन गरिएको थियो ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन