पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आयोजित एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ११, विज्ञान संकाय, सेक्शन एका विद्यार्थीद्वय दिक्षान्त लालचन र लिलेश श्रेष्ठले निर्माण गरेको सर्भिङ रोबोट सर्वोत्कृष्ट ठहरिएको छ । जुन टीमले २० हजार नगद जित्न सफल भयो ।
विद्यालयले प्रकाशन गरेको नतिजा अनुसार सेक्सन एचका सुस्मित पौडेल, शुशान्त पौडेल र सुशान्त सिग्देलले बनाएको एयरक्राफ्ट फस्र्ट रनरअप बन्दै १५ हजार जित्न सफल भयो ।
कक्षा १२, विज्ञान संकाय, सेक्शन एचका सजन रावल, आशिष सुवेदी र सञ्जय विकले निर्माण गरेको अटोमेटेट कार पार्किङ सिस्टम सेकेण्ड रनरअप बन्दै ७ हजार ५ सय जित्यो ।
यसैगरी, सोहि सेक्शनका सुलभ रेग्मी र डार्विन ढकालले उत्पादन गरेको वेस्ट टु इनर्जी नामक फोहोरबाट उर्जा बनाउने प्रोजेक्ट थर्ड रनरअप बन्दै ७ हजार ५ सय नै प्राप्त गर्न सफल भयो ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । व्यक्तिगत र समूहगत गरेर करिब ३ सय ५० प्रोजेक्ट विद्यार्थीले तयार पारेका थिए ।

विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि विज्ञानसँग सम्बन्धित रहेर विभिन्न उपकरण र प्रोजेक्ट तयार पार्न लगाइएको थियो । तिनै सामाग्री र प्रोजेक्टलाई प्रदर्शनमा राखिएको विद्यालयका प्राचार्य सापकोटाले बताए । दसैंतिहारको लामो बिदामा विद्यार्थीलाई विज्ञान विषयसँग सम्बन्धित रहेर विभिन्न सामाग्री तयार पार्न लगाएको र तिनै प्रोजेक्ट प्रदर्शनमा राखेको उनले बताए ।
विद्यार्थीले बनाएका प्रोजेक्टको मुल्यांकन गर्नका लागि प्राडा शोभाकान्त लामिछानेको संयोजकत्वमा शिव देवकोटा र हरि बराल सहितको निर्णायक मण्डल रहेको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको शिक्षालाई व्यावहारिक बनाउनका लागि यस्ता गतिविधिले महत्व राख्ने बताए । पौडेलले भने ‘सानै उमेरमा अनुसन्धानको सोच बढाउन यस्ता गतिविधि सहयोगी बन्छन ।’
विज्ञान विषयका विद्यार्थीका लागि विज्ञान प्रदर्शन कार्यक्रम गरिएको र व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस योजना बनाउनेबारे प्रतिश्पर्धा गराउने विद्यालयले जानकारी दिएको छ ।
त्यस्तै, होटल व्यवस्थापनका विद्यार्थीका लागि एकदिने फूड फेस्टिबल आयोजना पनि हुनेछ ।
सम्बन्धित समाचारः
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
सम्बन्धित खबर
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’