पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५‘जे’ नेपालअन्तर्गत लायन्स क्लब अफ पोखरा सिमलचौतारीद्वारा आयोजित वार्षिक पिस पोस्टर प्रतियोगितामा न्यु मोडेल सेकेन्डरी स्कुल, नागढुंगाकी कक्षा ७ मा अध्ययनरत छात्रा सुसम रानाभाटले प्रथम स्थान हासिल गरेकी छन् ।
विश्वव्यापी शान्ति र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगितामा पोखराका १५ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार, विद्यार्थीहरूले शान्तिका विभिन्न आयामहरूलाई आआफ्नो सृजनात्मक शैलीमा प्रस्तुत गरेका थिए ।
लायन्स क्लब अफ पोखरा सिमलचौतारीका अध्यक्ष तथा विद्यालयका सहप्राचार्य पदम वस्ताकोटीले यस वर्षको शान्ति पोस्टर प्रतियोगिता ‘सँगसँगै मिलेर एक हौँ’ भन्ने मूल नारामा आधारित रहेको जानकारी दिए । उनले यस प्रतियोगितामार्फत् विद्यार्थीहरूमा विश्वमैत्री, सहिष्णुता र एकताको भावना जागृत गर्ने क्लबको उद्देश्य पुनः पुष्टि भएको बताए । वस्ताकोटीका अनुसार पिस पोस्टर प्रतियोगिता लायन्स इन्टरनेसनलको विश्वव्यापी अभियानको एक हिस्सा हो र यसबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरूलाई प्रदेश तथा राष्ट्रिय तहसम्मको प्रतिस्पर्धाका लागि सिफारिस गरिनेछ ।
प्रतियोगिताका निर्णायक कलाकार कृष्ण गुरुङले सुसम रानाभाटको चित्रकलाले शान्ति, सहकार्य र साझा यात्राको प्रतीकात्मक प्रस्तुतिलाई अत्यन्त प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको बताए । उनका अनुसार सुसमले प्रयोग गरेको रङ्ग संयोजन, विषयको स्पष्टता र कलात्मक अभिव्यक्तिले अन्य प्रतिस्पर्धीहरूको तुलनामा भिन्न र उत्कृष्ट पहिचान स्थापित गरेको थियो ।
सुसम रानाभाटको यो सफलताप्रति विद्यालय परिवार, अभिभावकले खुसी व्यक्त गरेका छन् । विद्यालयका शिक्षकहरूले सुसम अध्ययनमा मात्र नभई सृजनात्मक कलामा पनि अत्यन्त सक्षम र परिश्रमी छात्रा रहेको बताएका छन् ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु