वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएका उनको सोही अस्पतालमा निधन भएको हो ।
चोटिलो संवाद उच्चारणमा सुनिने ‘बोल्ड आवाज’का धनी अभिनेता सुनील थापा नयाँ र पुराना पुस्तामाझ सधैं लोकप्रिय थिए।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले अभिनेता सुनिल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञप्तिमार्फत थापाको असामयिक निधनले आफू मर्माहत भएको बताएकी छन् ।
उनको निधनसँगै नेपाली र भारतीय चलचित्र उद्योगले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘चिनो’ को राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्म थापाले निर्वाह गरेका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौंको मन जित्न सफल भएको बताउँदै कार्कीले यी चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् ।
४ दशकदेखि अभिनेता थापाको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोतको रुपमा रहने प्रधानमन्त्रीले उल्लेख गरेकी छन् । ‘ यस दुःखद् घडीमा म दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ उनले लेखेकी छन् ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख